बैतडी– बैतडीको सुर्नया गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृत खटाईएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुर्नयाको प्रमुख प्रशासकिय अधिकृतका रुपमा जितेन्द्र बि.क लाई खटाएको हो ।

कार्तिक २६ गतेदेखी प्रमुख प्रशासकिय अधिकृत विहिन बनेको सो पालिकामा मन्त्रालयले २ महिनापछि सञ्चार तथा सूचना मन्त्रालय अन्तर्गत कार्यरत शाखा अधिकृत विकलाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाएको हो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ को उपदफा ४ बमोजीम माघ २ गतेको निर्णय अनुसार विकलाई गाउँपालिकामा खटाएको मन्त्रालयले जनाएको छ ।

कार्तिक देखी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा सबै कामकाज ठप्प भएपछि अध्यक्ष कुँवरले मन्त्रालयमै पुगेर प्रमुख प्रशासकीय अधिकृत खटाइदिन आग्रह गरेका थिए । गाउँपालिकामा लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा कर्मचारीहरुको तलबभत्ता, सामाजिक सुरक्षा भत्ता लगायतका निकासा रोकिएका छन् । यस्तै विकास निर्माणका कामहरु समेत अगाडि बढाउन समस्या भइरहेको अध्यक्ष कुँवरले बताए । उनले मन्त्रालयले खटाएका प्रमुख प्रशासकिय अधिकृत गाउँपालिकामा हाजिर भएपछि कामहरु अघि बढ्ने बताए ।

















