खाेज्नुहाेस

बझाङमा कांग्रेसबाहेक का दलले टुंग्याए उम्मेदवार

Image

बझाङ– बझाङमा आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि कांग्रेसबाहेकका सबै पार्टीहरुले उम्मेदवारको टुङ्गो लगाएका छन् । एक मात्रै निर्वाचन क्षेत्र रहेको जिल्लामा कांग्रेस बाहेकका अन्य पार्टीहरुले उम्मेदवारको टुङ्गो लगाएका हुन् ।

navjiwan hospital

जिल्लामा एमाले, नेकपा, रास्वपा र नेकपा माओवादीले उम्मेदवारको छनौट गरिसकेका छन् । कांग्रेसले भने अहिलेसम्म उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन् । नेकपा एमालेले केन्द्रिय सदस्य ऐन महरलाई उम्मेदवार बनाएको छ । शनिवार बसेको एमाले सचिवालयको बैठकले अर्का केन्द्रिय सदस्य अफिलाल ओखेडालाई उम्मेदवारको रुपमा घोषणा गरे पनि आइतवार उनको ठाउँमा ऐन महरलाई अघि सारिएको एमालेले जनाएको छ ।

attariya hospital

प्रचण्ड नेतृत्वको नेपाली कम्यूनिष्ट पार्टीले मिनबहादुर कुँवरलाई उम्मेदवार बनाएको छ । कुँवर एमाले र माओवादी मिलेर नेकपा बन्दा उक्त पार्टीको बझाङ जिल्ला अध्यक्ष थिए । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले शैलेसकुमार सिंहलाई प्रतिनिधी सभा उम्मेदवार बनाएको छ । उनि सफल व्यवसायी हुन । यस्तै विप्लव नेतृत्वको नेकपा माओवादीले भरत मल्ललाई उम्मेदवारको रुपमा अघि सारेको छ ।

काँग्रेसमा सहमहामन्त्री प्रकाश रसाइली, पुर्वराज्यमन्त्रीहरु नरेसबहादुर सिंह, सुरेस मल्ल उम्मेदवारका आकांक्षी छन् । यस्तै सत्यराज भण्डारी, अभिषेक बहादुर सिंह लगायत नेताहरु पनि उम्मेदवारको आकांक्षी देखिएका छन । पार्टीमा देखिएको विभाजनका कारण उम्मेदवार छनौटमा ढिलाई भैरहेको र सोमबार दिउँसो सम्म टुङगो लाग्न सक्ने नेता सत्यराज भण्डारीले बताए ।