खाेज्नुहाेस

सुदूरपश्चिमका ४८१ मतदानस्थल अतिसंवेदनशील सूचिमा

Image

डोटी – सुदूरपश्चिम प्रदेशभित्र रहेका ११७६ मतदानस्थलमध्ये ४८१ स्थल अतिसंवेदनशील सूचिमा राखिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढी कैलालीले दिएको जानकारी अनुसार करिब ४१ प्रतिशत मतदानस्थलहरी अतिसंवेदनशील छन ।

यस्तै, संवेदनशील मतदानस्थल ३९५ अर्थात् ३३.५८ प्रतिशत रहेका छन् भने बाँकी ३०० अर्थात् २५.५१ प्रतिशत मतदानस्थल सामान्यमा राखिएको छ ।

attariya hospital

कैलाली जिल्लामा सबैभन्दा बढी १०८ मदानस्थलहरू अतिसंवेदनशील मानिएका छन् । २३७ मतदानस्थल रहेको यस जिल्लामा १०६ स्थललाई संवेदनशील मानिएको छ । सामान्य अवस्थाका मतदानस्थल २३ रहेका छन् ।

कञ्चनपुर जिल्लाका १३२ मतदानस्थलमध्ये ६६ स्थललाई अति संवेदनशीलको सूचीमा राखिएको छ । यस जिल्लाका ४० स्थल संवेदनशी र २६ स्थल सामान्य मानिएका छन् ।

डोटी जिल्लाका १३ मतदानस्थललाई अतिसंवेदनशील मानिएको छ । ११८ मतदान स्थल रहेको जिल्लामा ४४ स्थल संवेदनशील र ८१ स्थललाई सामान्य रुपमा मानिएको प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।

navjiwan hospital

निर्वाचन सुरक्षाको दृष्टिले अछाम जिल्लाका ६६ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा परेका छन् । यस जिल्लामा १३० स्थल रहेकामा ५० संवेदनशी र १४ लाई सामान्य मानिएको छ ।

डडेल्धुरा जिल्लाका १०४ मतदान स्थलमध्ये ३३ स्थललाई अति संवेदनशीलको सूचीमा राखिएको छ । यस जिल्लामा ३४ स्थललाई संवेदनशील र ३७ स्थललाई सामान्य मानिएको छ ।

दार्चुला जिल्लाका १५ मतदान स्थल अति संवेदनशील मानिएका छन् । यस जिल्लामा जम्मा ११२ मतदान स्थल रहेका छन् । यसमध्ये ३२ लाई संवेदनशील र ६५ लाई सामान्य मतदान स्थलको सूचीमा राखिएको छ ।

१२९ मतदान स्थल रहेको बैतडी जिल्लाका ३३ स्थललाई अति संवेदनशील मतदान स्थलको सूचीमा राखिएको छ । यस जिल्लामा २८ संवेदनशील मतदान स्थल मानिएका छन् भने बाँकी ६८ लाई समान्यको सूचीमा राखिएको छ ।

प्रतिशतका हिसाबले सबैभन्दा बढी अतिसंवेदनशील मतदानस्थल बाजुरामा देखिएका छन् । यस जिल्लामा सामान्य अवस्थाको मतदानस्थल तीनवटा मात्रै रहेका छन् ।

बाजुरामा रहेका जम्मा ७७ मतदान स्थलमध्ये ६२ मतदानस्थल अतिसंवेदनशील स्थलको सूचीमा राखिएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ, जुन ८०।५१ प्रतिशत हुन आउँछ । यस जिल्लामा संवेदनशील मतदान स्थल १२ रहेका छन् ।

यस्तै, बझाङमा सामान्य मतदानस्थल तीनवटा मात्रै रहेका छन् । यस जिल्लामा रहेका १३७ मतदान स्थलमध्ये ६२ प्रतिशत अर्थात् ८५ मतदानस्थल अतिसंवेदनशील रहेका छन् । जिल्लाका १२ मतदानस्थल संवेदनशीलको सूचीमा राखिएको छ ।