धनगढी – कैलालीको धनगढीबाट नगदसहित ११ जना जुवाडे पक्राउ परेका छन्।

आइतबार धनगढी उपमहानगरपालिका १३ झलारीगाँउमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४२ वर्षीय रामचरण चौधरी सहित ११ जना पक्राउ परेका हुन ।

उनीहरुको साथबाट नगद २ लाख ५ सय, ६ गड्डी तास र ११ थान मोवाईल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीहरुलाई वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।


















