काठमाडौँ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगर प्रमुख पदबाट राजिनामा दिएका छन् । आइतबार उनले महानगर उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन् ।

राजिनामा दिएसँगै उनी रास्वपा पार्टी कार्यालय पुगेर पार्टीको चुनाव चिन्ह घण्टी बजाएका छन ।

पार्टी सभापति रवि लामिछानेसँगै शाह र अन्य नेताहरू साँझ ५ बजे जनकपुरमा आयोजना गर्न लागिएको चुनावी कार्यक्रमका लागि जाने तयारीमा छन्।
रास्वपा र शाहबीच पुस १३ गते ७ बुँदे सहमति भएको थियो। सो सहमतिअनुसार शाह आगामी निर्वाचनमा रास्वपाको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार हुने उल्लेख थियो।
















