खाेज्नुहाेस

देउवा समूहको रिट सर्वोच्चमा दर्ता, माघ ६ गते पेसी

Image

नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ। उक्त रिटको पेसी यही माघ ६ गतेका लागि तोकिएको छ।

navjiwan hospital

देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रिट दर्ता गराएका हुन्।

attariya hospital

देउवा समूहको शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध राजनीतिक र कानुनी रूपमा प्रतिवाद गर्ने निर्णय गरेको थियो।

आयोगले विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा पार्टीको कार्यसमिति चयनलाई आधिकारिकता प्रदान गरेपछि कांग्रेसमा आधिकारिकताको विवाद चुलिएको छ।