खाेज्नुहाेस

एमालले छान्यो सुदूरपश्चिमबाट चुनाव लड्ने उम्मेदवार

Image

अत्तरिया – नेकपा एमालेले सुदूरपश्चिमबाट आगामी प्रतिनिधिसभाका उम्मेदवारको टुंगो लगाएको छ । शनिबार दिउँसो बसेको पार्टीको सचिवालय बैठकले उम्मेदवारको टुंगो लगाएको हो ।

कैलाली १ बाट द्वारिका न्यौपाने, २ बाट सूर्यबहादुर थापा, ३ बाट गौरीशंकर चौधरी, ४ बाट लेखराज भट्ट, ५ बाट यज्ञराज ढुङ्गाना चुनाव लड्न छानिएका छन ।
यस्तै कञ्चनपुर १ बाट कमला बोहरा, २ बाट वचनबहादुर सिंह, ३ बाट दीपक भट्ट छानिएका छन ।

attariya hospital

अछाम १ बाट झपटबहादुर बोहरा, २ बाट यज्ञ बोगटी, बाजुराबाट लालबहादुर थापा, डोटीबाट दीपक धामी, डडेल्धुराबाट चक्र स्नेही, बझाङबाट अफिलाल ओखेडा, बैतडीबाट दामोदर भण्डारी र दार्चुलाबाट गणेशसिंह ठगुन्ना उम्मेदवारका रुपमा छानिएका छन ।

navjiwan hospital

कैलाली–१ र २ बाट चुनाव लड्दै आएका झपट रावलले यसपटक टिकट पाएका छैनन् । यस्तै कञ्चनपुर–१ मा तारा लामा तामाङले पनि टिकट पाएनन ।

उनको ठाउँमा नयाँ अनुहार कमला बोहरालाई अघि सारेको छ। डोटीबाट उम्मेदवार बनाइएका दीपक धामी पनि नयाँ अनुहार हुन्। धामी एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष पनि हुन्।

डडेल्धुराबाट उम्मेदवार बनेका चक्र स्नेही यसअघि राष्ट्रियसभा सदस्य थिए। बझाङमा एमालेले ऐन महरलाई टिकट नदिएर अफिलाल ओखेडा अघि सारेको छ। ओखेडा समानुपातिक सा‌ंसद भइसकेका छन । बैतडीमा दामोदर भण्डारी र दार्चुलामा गणेशसिंह ठगुन्ना पुरानै अनुहार दोहोरिएका छन्।

एमालले दलित समुदायबाट २ र थारु समुदायबाट १ जना उम्मेदवार बनाएको छ । बझाङबाट अफिलाल ओखेडा र डडेल्धुराबाट चुनाव लडेका चक्र स्नेही दलित उम्मेदवार हुन । कैलाली ३ बाट गौरीशंकर चौधरी थारु एमाले सुदूरपश्चिमबाट समुदायबाट प्रत्यक्ष चुनाव लड्ने एक्ला उम्मेदवार बनेका छन ।