खाेज्नुहाेस

प्रेम आलेले पाए कैलाली– ५ को टिकट

Image

धनगढी – डोटीबाट लगातार तीन पटक विजयी हुँदै सङ्घीय सांसद बनेका प्रेम आलेले यस पटक भने कैलाली– ५ को टिकट पाएका छन । नेकपा एमाले हुँदै नेकपा एकीकृत समाजवादी बनेका आले यस पटक नेपाली कम्युनिस्ट पार्टी नेकपाबाट निर्वाचन लड्ने भएका हुन् ।

navjiwan hospital

संविधानसभा निर्वाचन २०७० मा डोटी संविधानसभा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएर संसदीय यात्रा सुरु गरेका आलेले २०७४ को प्रतिनिधिसभामा डोटीबाटै निर्वाचित भएका थिए ।

attariya hospital

नेकपा एकीकृत समाजवादीमा हुँदा अध्यक्ष माधवकुमार नेपालसँग तीव्र असन्तुष्टि जनाएर निष्क्रिय रहेका प्रेम आलेलाई नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले टिकट दिएका हुन् ।

डोटीबाट अघिल्लो पटक वीरबहादुर थापा कैलाली ४ मा झरेपछि आले विजयी भएका थिए । अहिले आलेले पनि डोटी छोडेका छन् । आलेले डोटी छोड्दा नेकपाले डोटीमा पूर्व मुख्यमन्त्री त्रिलोचन भट्टलाई उम्मेदवार बनाएको छ ।