अत्तरिया – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले कैलाली क्षेत्र नम्बर ४ बाट हरिराम चौधरीलाई उम्मेदवार बनाएको छ ।


आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि नेकपाले उनलाई उम्मेदवार बनाएको उनी निकट नेताहरूले बताएका छन् ।
उनी पूर्व नेकपा (माओवादी केन्द्र) का प्रदेश अध्यक्ष हुन । हाल पार्टी एकीकरण पछि नेकपाको केन्द्रीय सदस्य रहेका छन् ।
















