डोटी – डोटीमा केआई सिंह राजमार्ग आंशिक रुपमा बन्द हुने भएको छ । दिपायल सिलगढी नगरपालिका–४ को पिपल्ला बजार–कुलपाते सडक खण्ड ६ दिनसम्म साँझ बिहान आंशिक बन्द हुने भएको हो ।

उक्त सडक खण्डमा सडक मर्मत एवं मोड सुधारको काम भईरहेको हुँदा माघ ७ गतेदेखि १२ गतेसम्म बिहान र साँझको समयमा सवारी आवागमन वन्द गरिने जिल्ला प्रशासन कार्यालय डोटीद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

सूचनामा बिहान पाँच वजेदेखि ८ वजेसम्म र साँझ ६.३० वजेदेखि ९ बजेसम्म सवारी आवागमनमा रोक लगाईएको उल्लेख छ । गत २९ गते बसेको सुरक्षा निकाय सहितका सरोकारवालाहरुको बैठकबाट उक्त निर्णण भएको सूचनामा उल्लेख छ ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत भोजवहादुर ऐडीद्वारा जारी सूचनामा भनिएको छ ‘सो अवधीमा सवारी अवागमन पुर्ण रुपमा बन्द हुने व्यहोरा सम्वन्धित सवैको जानकारीका लागि अअरोध छ ।’ सडक सुधार कार्य सुरक्षित र व्यवस्थित रुपमा छिटो छरितो सम्पन्न गर्न तथा सडक प्रयोगकर्ताहरुको सुरक्षालाई समेत ध्यानमा राखेर उक्त निर्णय गरिएको सूचनामा उल्लेख छ ।



















