खाेज्नुहाेस

पेट्रोलियम पदार्थको मूल्य घट्यो

Image

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले  पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाएको छ ।

navjiwan hospital

यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर एक रुपैयाँले घटेको छ । निगमले तय गरेको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १ सय ५६ र डिजेल र मट्टितेल प्रतिलिटर १ सय ३६ कायम भएको छ ।

attariya hospital

इन्डियन आयल कर्पोरेसनबाट माघ १ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार निगम सञ्चालक समितिले नयाँ मूल्यसूची निर्धारण गरेको हो ।