खाेज्नुहाेस

सत्यवती एकेडेमीले चार चरणमा वार्षिक उत्सव गर्ने, पहिलो चरण सम्पन्न

Image

अत्तरिया– कैलालीको अत्तरियामा रहेको सत्यवती एकेडेमीले चार चरणमा वार्षिकोत्सव गर्ने भएको छ । विद्यालयले नर्सरी देखी १२ सम्मका विद्यार्थीहरुलाई विभाजन गरी विद्यालयको १४औ वार्षिकोत्सव चार चरणमा गर्न लागेको हो ।

जसमध्ये बुधबार विद्यालयले पहिलो चरणको वार्षिकोत्सव सम्पन्न गरेको छ । कक्षा ८ देखी १२ सम्मका विद्यार्थीहरुलाई समावेश गरेर आयोजना गरिएको सो वार्षिकोत्सवमा अन्य कक्षाका विद्यार्थीहरुको सहभागिता रहेको थिएन । विद्यालयका सञ्चालक विर बहादुर कडायतले विद्यार्थीहरुले खुलेर कार्यक्रममा भाग लिन पाउन र राम्रोसँग प्रतिभा देखाउन पाउन भन्ने उद्देश्य राखेर चार चरणमा वार्षिकोत्सव आयोजना गर्न लागेको बताए ।

attariya hospital

उनका अनुसार पहिलो चरण कक्षा ८ देखी १२ सम्मका विद्यार्थीहरुको सहभागितामा आयोजना गरिएको छ भने पनि दोस्रो चरणमा कक्षा ५ देखी ७ सम्मका विद्यार्थीहरुलाई सहभागी गराईने छ । कडायतले विद्यालयमा विद्यार्थीहरुको संख्या पनि बढी रहेको र वार्षिकोत्सवमा समय पावन्दीका कारण सबै विद्यार्थीहरुले आफ्नो प्रतिभा देखाउने अवसर नपाउने भएकाले चरणवद्ध रुपमा आयोजना गरिरहेको बताए । उनले विद्यालयको वार्षिकोत्सव विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा देखाउने अवसरको रुपमा रहने समेत बताए ।

navjiwan hospital

उनले बुधबार सम्पन्न पहिलो चरणको कार्यक्रममा करिब ५५२ जना विद्यार्थीहरु सहभागी रहेको बताए । जसमा विभिन्न क्रियाकलापका ८४४ मेडलहरु विद्यार्थीलाई वितरण गरिएको उनको भनाई छ । विद्यालयमा करिब २ हजार १०० को हाराहारीमा विद्यार्थी रहेकाले एकै पटक वार्षिकोत्सव आयोजना गर्दा सबैले आफ्नो प्रतिभा देखाउने मौका नपाउने गरेको सञ्चालक कडायतले बताए ।

पहिलो चरणको वार्षिकोत्सव कार्यक्रममा विद्यार्थीहरुका १३ वटा नृत्य रहेका थिए भने ५ वटा गीतहरु रहेका थिए । कार्यक्रममा कक्षा ८ देखी १२ सम्मका विद्यार्थीहरुले विभिन्न खेलकुद प्रतियोगिताहरुमा हासिल गरेको उपलब्धीस्वरुप मेडल तथा प्रमाणपत्रहरु वितरण गरिएको थियो । त्यतिमात्रै नभई कार्यक्रममा विद्यालयका उत्कृष्ट पुर्व विद्यार्थीहरुलाई पनि सम्मानित गरिएको थियो ।

विद्यालयले दोस्रो चरणको वार्षिकोत्सव कार्यक्रम यही माघ ४ गते आयोजना गर्ने जनाएको छ । जसमा कक्षा ५ देखी ७ सम्मका विद्यार्थीहरु मात्रै सहभागी हुन पाउने विद्यालयका सञ्चालक कडायतले जानकारी दिए । त्यसपश्चात तेस्रो र चौथो चरणमा कक्षा नर्सरी देखी ४ सम्मका विद्यार्थीहरुलाई सहभागी गराएर फागुनमा वार्षिकोत्सव आयोजना गर्ने योजना रहेको कडायतले सुनाए ।

सत्यवतीले वार्षिकोत्सव आयोजना गर्नका लागि गरेको अभ्यास यहाँका विद्यालयहरुका लागि नौलो अभ्यासका रुपमा देखिएको छ । जुन अभ्यासले विद्यालयमा रहेका बढी भन्दा बढी विद्यार्थीहरुले आफ्ना प्रतिभा उजागर गर्ने अवसर पाउने विश्वास गरिएको छ । सम्मका विद्यार्थीहरुलाई सहभागि गराएर फागुनमा वार्षिक उत्सव आयोजना गर्ने योजना रहेको कडायतले सुनाए ।

सत्यवतीले वार्षिक उत्सव आयोजना गर्नका लागि गरेको अभ्यास यहाँका विद्यालयहरुका लागि नौलो अभ्यासका रुपमा देखिएको छ । जुन अभ्यासले विद्यालयमा रहेका बढी भन्दा बढी विद्यार्थीहरुले आफ्ना प्रतिभा उजागर गर्ने अवसर पाउने विश्वास गरिएको छ ।