खाेज्नुहाेस

गोदावरी ज्येष्ठ नागरिक समाजद्धारा स्वास्थ्य शिविर आयोजना

Image

अत्तरिया– गोदावरी ज्येष्ठ नागरिक समाजले एक दिने स्वास्थ्य शिविर आयोजना गरेको छ । सोमबार समाजको कार्यालय प्रांगणमा अत्तरियामा रहेको पद्मा अस्पतालसँगको सहकार्यमा पहिलो पटक स्वास्थ्य शिविर आयोजना गरिएको हो ।

समाजका अध्यक्ष भोजराज भट्टले चिसोको समयमा ज्येष्ठ नागरिकहरु बढी समस्यामा पर्ने गरेका कारण उनिहरुको स्वास्थ्य जाँच गर्नका लागि शिविरको आयोजना गरिएको बताए । उनले गोदावरी नगरपालिका भित्र रहेका ज्येष्ठ नागरिकहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन पनि शिविरले सहयोग पु-याउने बताए ।

attariya hospital
navjiwan hospital

‘चिसोको बेला ज्येष्ठ नागरिकलाई निमोनिया, मुटुको रोग, सुगर, प्रेसर लगायत हुन सक्छ, त्यस्तो समयमा उनिहरुको समस्या कसरी समाधान गर्ने भन्ने विषयमा सोच विचार गरेर स्वास्थ्य शिविरको योजना बनाएका हौँ’ उनले भने ‘सो विषयमा पद्मा अस्पतालका डा. नर बहादुर मौनी सँग सहयोग मागेपछि उहाँले सहकार्य गर्न तयार हुनुभयो ।’ उनले त्यसबाहेक डा. मौनीले ज्येष्ठ नागरिकको दिवा खाजाका लागि मासिक ५ हजार दिने प्रतिबद्धता व्यक्त गरेको समेत बताए । उनले सो स्वास्थ्य शिविरमा २५० जनाले सेवा लिएको बताए ।

अध्यक्ष भट्टले हाल गोदावरी नगरभित्र करिब १२ सयको हाराहारीमा ज्येष्ठ नागरिकहरु रहेको बताउदै दैनिक करिब ५० देखी ६० को हाराहारीमा कार्यालयमा आउने गरेको बताए । उनले कार्यालयमा आउने ज्येष्ठ नागरिकहरुलाई दिवा खाजाको व्यवस्था गरेको समेत बताए । उनले पछिल्लो समय आफू अध्यक्ष बनीसकेपछि ज्येष्ठ नागरिक समाजले विभिन्न कार्यहरु गर्दै आएको बताए ।

उनले स्वास्थ्य शिविर बाहेक आफू आएपछि ज्येष्ठ नागरिक समाजको प्रांगणमा घेरबार, आवश्यक भएको स्थानमा केही भरान गर्ने तथा मिलाउने कार्य गरेको समेत उनले बताए । त्यतिमात्रै नभई पछिल्लो केही समयदेखी आफूहरुले कार्यालयमै विभिन्न चाडपर्वका अवसरमा कार्यक्रमहरु गर्ने गरेको समेत उनले बताए ।