खाेज्नुहाेस

रास्वपा गोदावरी – ५ को सभापतिमा मायालु भट्ट चयन, ६५ जना पार्टीमा आबद्ध

Image

अत्तरिया – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोदावरी नगरपालिका – ५ को सभापतिमा मायालु भट्ट चयन भएका छन् । शनिवार पार्टीको वडा अधिवेशनबाट सभापतिमा भट्ट चयन भएका हुन ।

navjiwan hospital

अधिवेशनबाट उपसभापतिमा भरत बहादुर विष्ट, सचिवमा देवीदत्त भट्ट चयन भएका छन् । त्यस्तै सदस्यहरूमा विवेक नेपाली, कोपिला परियार, मदन राज पन्त, निर्मला भट्ट, मोनिका चन्द चयन भएको रास्वपा गोदावरी सभापति दीपक ओझाले बताए । उनले अधिवेशनमा ६५ जना नयाँ सदस्य पार्टीमा आबद्ध भएको बताए । जसमा अन्य पार्टी परित्याग गरेर आएकाहरू रहेको सभापति ओझाले बताए ।

attariya hospital

जसमा निर्मला भट्ट, मटरा चौधरी, रेवती धामी, राम बहादुर राना, मान बहादुर बोहरा, केशव दत्त अवस्थी, लहानु चौधरी, खुसी राम चौधरी, जनक राज भट्ट, महेन्द्र चन्द, निरमल मण्डै, रमेश केसी, प्रदीप अवस्थी, दिनेश आउजी, रमेश नेपाली, विवेक नेपाली, कोपिला परियार, राम नेपाली, नवीन चौधरी, जय राम चौधरी, उमेश नेपाली, शेर सिंह नेपाली, सुशील नेपाली, मनोज नेपाली, हिमाल परियार, मान बहादुर सिंह, मनीषा बडू जोशी, कृष्ण दत्त जोशी, प्रकाश अधिकारी, भोज राज पनेरु, निर्मला भट्ट, नारु देवी पनेरु लगायत ६५ जना पार्टीमा आवद्ध भएको सभापति ओझाले बताए ।

पार्टीमा आबद्ध भएकाहरूलाई कार्यक्रममा रास्वपाको लोगो अङ्कित व्याज लगाएर स्वागत गरिएको थियो ।