कञ्चनपुर – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सचिवालय सदस्य दीपक बोहरा कञ्चनपुर क्षेत्र नम्बर– २ बाट चुनाव लड्ने भएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुक मार्फत रास्वपा उम्मेदवारका रूपमा आफूलाई सर्वसम्मत सिफारिस गरिएको बताएका छन् ।


कञ्चनपुर – २ बाट २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका नेता एनपी साउद निर्वाचित भएका थिए । उनी २८ हजार १३६ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी एमालेका नर बहादुर धामीले २१ हजार ६८२ मत ल्याएका थिए ।



















