कञ्चनपुर – कञ्चनपुरबाट लागू औषधसहित ३ जना पक्राउ परेका छन्। बुधवार जिल्लाका छुट्टा छुटै स्थानबाट लागू औषध सहित ३ जना पक्राउ परेका हुन ।


बेलडाँडी गाउँपालिका–१ रतनपुरबाट सोही ठाउँ बस्ने २२ वर्षीय गोविन्द जोशीलाई १ ग्राम ८९० मिलिग्राम लागू औषध सहित प्रहरीले पक्राउ परेका छन् ।
यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका–१० दोदा पोस्ट स्थित बेलौरीबाट धनगढी तर्फ आउँदै गरेको म १ प २७५१ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाइकल चालक कैलालीको धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडी बस्ने २१ वर्षीय विकास नेपाली र मोटरसाइकल पछाडि सवार सोही ठाउँ बस्ने २० वर्षीय रबिन शर्मा पक्राउ परेका छन् ।
उनीहरूको साथबाट ७ ग्राम ९२० मिलिग्राम लागू औषध खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ ।


















