खाेज्नुहाेस

सुदूरपश्चिमका तीन मन्त्री पुगे सीमा नाकामा

Image

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारका तीन मन्त्री प्रदेशका सीमा नाका कैलालीको त्रिनगर र कञ्चनपुरको गड्डाचौकी भन्सार नाका पुगेका छन् । बुधवार सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री बहादुर सिंह थापा, आर्थिक मामिला मन्त्री थापासँगै भौतिक पूर्वाधार तथा विकास मन्त्री सुरेन्द्रबहादुर पाल र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की सहितको टोली सीमा नाकामा पुगेको हो ।

सीमा नाकामा भारतीय पर्यटक तथा नेपाली नागरिकको आवागमन सहज बनाउन एकीकृत भन्सार जाँच प्रणालीलाई व्यवस्थित गर्ने उद्देश्यले प्रदेश सरकार सक्रिय भएको मन्त्री थापाले जानकारी दिए । उनका अनुसार रोजगारीका लागि भारत जाने नेपाली श्रमिकहरूको तथ्याङ्क सङ्कलन तथा नेपाल भ्रमणमा आउने भारतीय पर्यटकहरूको तथ्याङ्क व्यवस्थित रूपमा राख्न भन्सार नाकालाई सुधार गर्ने योजना अघि बढाइएको छ ।

attariya hospital
navjiwan hospital

अनुगमनपछि पत्रकारहरूसँग कुरा गर्दै मन्त्री थापाले दुवै देशका नागरिकलाई सहज सेवा प्रदान गर्न भन्सार क्षेत्रमा आगमन प्रक्रियालाई सरल बनाइने र सामानको जाँचका लागि आधुनिक स्क्यानिङ मेसिन जडानको तयारी भइरहेको बताए । यसबाट सीमा क्षेत्रमा हुने अनावश्यक झन्झट हट्नुका साथै आवागमन थप सहज हुने उनको भनाइ छ ।

त्यसै गरी, सीमा क्षेत्रमा हुने विभिन्न आपराधिक क्रियाकलाप नियन्त्रण र लागू औषध ओसारपसार रोकथाममा पनि यसले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

अनुगमन टोलीमा आर्थिक मामिला मन्त्री थापासँगै भौतिक पूर्वाधार तथा विकास मन्त्री सुरेन्द्रबहादुर पाल र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीको समेत सहभागिता रहेको थियो । टोलीले दुवै सीमा नाकाको अवस्था, सेवा प्रवाह र सुधारका सम्भावनाबारे स्थलगत रूपमा अवलोकन गरेको हो ।