खाेज्नुहाेस

सुदूरपश्चिममा कांग्रेस–एमालेले गराए उम्मेदवारी दर्ता

Image

धनगढी – राष्ट्रियसभा निर्वाचनका लागि सुदूरपश्चिममा कांग्रेस र एमालेको गठबन्धनबाट उम्मेदवारी दर्ता गराएका छन । कांग्रेसबाट खम्मबहादुर खाती तथा एमालेबाट लीलाकुमारी भण्डारीको उम्मेदवारी दर्ता गराएका हुन । खाती पूर्वमहान्यायाधीवक्ता हुन् भने माओवादी पृष्ठभूमीकी भण्डारी पूर्वराज्यमन्त्री हुन् ।

navjiwan hospital

कांग्रेस–एमालेको गठबन्धनविरुद्व यसअघि नै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट दुई जनाले उम्मेदवारी दर्ता गराइसकेका छन् । नेकपाबाट टीकाराम जैसी र रोजी बस्नेत सुनारले उम्मेदवारी दर्ता गराएका हुन् ।

attariya hospital

प्रदेशमा दुई जना राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुँदै छ । एमालेका शारदादेवी भट्ट र नेपाली कम्युनिस्ट पार्टीका तारामान स्वाँरको पदावधि सकिन लागेपछि उनीहरुको स्थानमा निर्वाचन भइरहेको हो ।