खाेज्नुहाेस

राष्ट्रिय सभाका लागि सुदूरपश्चिमबाट २ सिटका लागि ४ जनाको उम्मेदवारी

Image
धनगढी – सुदूरपश्चिममा रिक्त रहेका २ सिटका लागि कांग्रेस एमाले र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उम्मेदवारी दिने भएका छन् ।
attariya hospital
जसमा कांग्रेस एमालेले गठबन्धन गरेर एक एक सिटमा उम्मेदवारी दिन लागेका हुन भने नेकपाले एकल उम्मेदवारी दिन लागेको छ । यसरी २ सिटका लागि ४ जनाको उम्मेदवारी दिदैछन ।
सुदूरपश्चिममा रिक्त रहेको एक पुरुष र एक महिला सिटमा नेकपाले महिलातर्फ रोजी बस्नेत सुनार र पुरुषतर्फ टिकाराम जैशीले उम्मेदवारी दिने भएका छन् ।
navjiwan hospital
गठबन्धनबाट कांग्रेसले पुरुषतर्फ खम्ब खाती र एमाले महिलातर्फ लीला भण्डारीलाई उम्मेदवार बनाउँदै छ । निर्वाचन कार्यतालिका अनुसार आज १० बजेदेखि दिउँसो ३ बजे सम्मका लागि मनोनयन दर्ताको समय तोकिएको छ ।
६ वर्ष अघि सुदूरपश्चिमबाट विजयी भएका तारामान स्वाँर र शारदादेवी भट्टको पदावधि फागुन २१ गते सकिन लागेपछि निर्वाचन हुन लागेको हो ।
२०७६ साल माघमा उनीहरू तत्कालीन नेकपाबाट विजयी भएका थिए । अहिले भट्ट एमाले र स्वाँर नेकपामा छन् ।   निर्वाचन माघ ११ गते हुने छ ।