खाेज्नुहाेस

सुदूरपश्चिममा रास्वपाले पायो दुई सासंद

Image

धनगढी – नागरिक उन्मुक्ति पार्टी परित्याग गर्दै सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री लक्ष्मणकिशोर चौधरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेसँगै रास्वपाले सुदूरपश्चिमाबाट २ सांसाद पाएको छ । उनी २०७९ को निर्वाचनमा कैलाली–१ (२) बाट नाउपाबाट निर्वाचित भएका थिए ।

navjiwan hospital

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीभित्र छलफल नै नगरी कम्युनिस्ट पार्टीसँग एकता गरेको विषयमा सुदूरपश्चिमका यी नेताहरू असन्तुष्ट रहँदै आएका थिए ।

attariya hospital

यो प्रवेशसँगै सुदूरपश्चिम प्रदेशसभामा रास्वपाका सांसद (निवर्तमान) संख्या दुई पुगेको छ । यसअघि डडेल्धुराबाट स्वतन्त्र जितेका प्रदेश सांसद डा. ताराप्रसाद जोशी रास्वपामा प्रवेश गरिसकेका छन् ।