खाेज्नुहाेस

बलात्कार आरोपमा स्याउले बजारबाट होटल सञ्चालक पक्राउ

Image
सांकेतिक फोटो

अत्तरिया – कैलालीको स्याउले बजारबाट बलात्कार आरोपमा होटल सञ्चालक पक्राउ परेका छन । गोदावरी नगरपालिका – ८ मा रहेको काका सेकुवा सेन्टरका सञ्चालक टेकबहादुर साउँद नावालिका बलात्कार आरोपमा पक्राउ परेका हुन ।

navjiwan hospital

सोही होटलमा काम गर्ने ती नाबालिकाले आफूमाथी पुस १५ गते बलात्कार गरेको प्रहरीमा उजुरी दिएपछि साउँदलाई शनिबार पक्राउ गरेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

attariya hospital

मालाखेती इलाका प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक पुष्करराज पन्तले घटना घटेको भोलिपल्ट नै पीडितको उजुरीको आधारमा पीडक उपर मुद्दा दर्ता भएको बताए । प्रहरीका अनुसार ती नाबालिका माथी पुस १५ गते रातिको समयमा साउदले बलात्कार गरेका थिए ।