
अत्तरिया– कञ्चनपुरबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन । शनिबार जिल्लाको भीमदत्त नगरपालिका– ३ भासीँबाट कञ्चनपुरकै बेदकोट नगरपालिका– १ चम्फापुर बस्ने ३२ वर्षिय धिरेन्द्र खत्री पक्राउ परेका हुन ।
उनको साथबाट १८० मिलिग्राम लागुऔषध बरामद गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।



















