खाेज्नुहाेस

जेनजी आन्दोलनका सहिद साउँदको घरमा प्रजिअ सहितको टोली

Image

बैतडी– यही भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका बैतडीका २० वर्षिय दीपक साउँदको घरमा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल सहितको टोली पुगेको छ । जिल्लाको शिवनाथ गाउँपालिका– २ का साउँदको परिवारको अवस्था बुझ्न टोली उनको घरमै पुगेको हो ।

navjiwan hospital

साउँदको घरमा गएर पारिवारिक अवस्थाबारे जानकारी लिइएको प्रजिअ पौडेलले बताए । ‘सहिद परिवारको अवस्थाबारे जानकारी लिन उहाँको घरमा पुगेका हौंँ । दीपकप्रति श्रद्धाञ्जली र परिवारमा समवेदना प्रकट गरेका छौंँ’ उनले भने ‘परिवारलाई राज्यका तर्फबाट भेटवार्ता र सरकारको भएको महसुस गराउन र सान्त्वना दिन हामी प्रयासरत छौँ ।’

attariya hospital

दीपकको परिवारलाई यसअघि सरकारको तर्फबाट १५ लाख र शिवनाथ गाउँपालिकाले एक लाख सहयोग गरेको थियो । परिवारसँगको भेटका क्रममा परिवारका कुनै सदस्यलाई रोजगारीको व्यवस्था गर्न सकिने विषयमा पनि छलफल भएको प्रजिअ पौडेलले जानकारी दिए । उनले चौधरी ग्रुपले रोजगारी दिने जानकारी दिएपछि प्रक्रिया अघि बढाइएको बताए ।