खाेज्नुहाेस

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा २ दिन विद्यालय बन्द गरिने

Image

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिकाले २ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले विगत केही दिन यता बढ्दै गएको चिसोलाई मध्यनजर गर्दै २ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

navjiwan hospital

बढ्दै गईरहेको अत्याधिक चिसो र शीतलहरका कारण नगरभित्रका विद्यालयहरु २ दिन बन्द गर्ने निर्णय भएको नगरपालिकाले जानकारी दिएको छ । चिसोका कारण जनजीवन कष्टकर बन्दै गएपछि बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राख्दै नगरपालिकाले बिदा दिने निर्णय गरेको बताईएको छ ।

attariya hospital

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाका अनुसार नगरपालिका क्षेत्रभित्रका सामुदायिक र संस्थागत विद्यालयमा यही पुस ६ र ७ गते बिदा दिने निर्णय गरिएको छ । ‘प्रतिकूल मौसमलाई मध्यनजर गर्दै यो निर्णय गरिएको हो’ उनले भने ‘अत्यधिक चिसोले गर्दा पठनपाठनमा बाधा पुग्न थालेको छ, चिसोका कारण विद्यार्थीको स्वास्थ्यमा समस्या देखिन सक्ने भएकाले नगरप्रमुखस्तरीय निर्णयअनुसार जाडो बिदाबाट मिलान हुनेगरी दुई दिन विद्यालयमा बिदा दिने निर्णय गरिएको छ ।’

कञ्चनपुरसहित पश्चिम तराईका जिल्लामा विगत चार दिनदेखि मौसममा आएको परिवर्तनका कारण हुस्सु, कुहिरो र शीतलहर चल्न थालेको छ । घाम नलाग्ने र दिनभरि चिसो हावा चल्ने क्रम बढेपछि सर्वसाधारणको दैनिकी प्रभावित भएको छ । विशेषगरी बिहानीको समयमा विद्यालय जाने साना बालबालिका चिसोका कारण बिरामी पर्न सक्ने जोखिम बढेको छ ।