खाेज्नुहाेस

बैतडीमा जिप दुर्घटना हुँदा चालक घाइते

Image

बैतडी –बैतडीमा जिप दुर्घटना हुँदा चालक सामान्य घाइते भएका छन् । थालाकाँडाबाट डडेल्धुरातर्फ जाँदै गरेको से १ ज ७४८ नम्बरको जिप मंगलबार सिगास गाउँपालिका–६ भेडे भन्ने स्थानमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले बताए ।

navjiwan hospital

कच्ची सडकमा जिप ब्याक गर्ने क्रममा चिप्लिएर ५ मिटर तल सडक छेउमा खसेको थियो । चारजना यात्रु सवार रहेको जिपमा सबै यात्रु सकुशल रहेका र उनीहरु गन्तव्यमा गइसकेका प्रहरी निरीक्षक बडूले बताए ।

attariya hospital

जिप दुर्घटनामा सामान्य घाइते भएका चालक सिगास गाउँपालिका –६ का २१ बर्षीय करन धामीको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।