खाेज्नुहाेस

बैतडीमा पासोमा फसेको चितुवाको सकुशल उद्धार

Image

बैतडी – बैतडीमा पासोमा फसेको चितुवाको सकुशल उद्धार गरिएको छ । आइतबार राति सिगास गाउँपालिका–२ धौलाडीको जीमराडीमा चितुवा पासोमा फसेको थियो । आइतबार राति पासोमा फसेको चितुवालाई मंगलबार बिहान ११ बजेतिर सकुशल उद्धार गरिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी नरेश कर्णले बताए ।

navjiwan hospital

स्थानीयहरुले थापेको पासोमा चितुवा फसेको थियो । चितुवाको दाँया खुट्टा पासोमा फसेको र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको प्राविधिक टोलीले उद्धार गरेको सूचना अधिकारी कर्णले बताए ।

attariya hospital

पासोमा फसेको चितुवालाई डार्टिङ अर्थात बेहोस गरेर उद्धार गरिएको बताइएको छ । उक्त चितुवालाई सिगास संरक्षित वन क्षेत्रमै छोडिने सूचना अधिकारी कर्णले बताए ।