खाेज्नुहाेस

कृष्णपुरका २ वटा विद्यालयहरुमा नवनिर्मित शौचालयहरु विद्यालयलाई हस्तान्तरण

Image

अत्तरिया– कञ्चनपुरको कृष्णपुर नगरपालिकाका दुई ओटा विद्यालयमा निर्माण गरिएका शौचालयहरु हस्तान्तरण गरिएको छ । नगरपालिकाको वडा नं. १ मा रहेको कालिका मा.वि. र वडा नं. २ मा रहेको उदय मा.वि. मा नयाँ निर्माण गरिएका शौचालय एक औपचारीक कार्यक्रमका बिच विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

बाल, लैंगिक तथा अपांगतामैत्री उक्त शौचालयहरु वल्र्डभिजन ईन्टरनेशनल नेपालसँगको साझेदारीमा एनएनएसडब्ल्यूए कञ्चनपुरद्धारा सञ्चालित किशोरी आधारभूत परियोजना (B4G Project) अन्तर्गत निर्माण गरिएको थियो । एनएनएसडब्ल्यूए का कार्यक्रम संयोजक रामेश्वर जैरुले २६ लाख ६५ हजारको लागतमा शौचालयहरु निर्माण गरिएको बताए । उनले दुई ओटै विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुलाई उक्त शौचालयहरु हस्तान्तरण गरिएको बताए ।

attariya hospital
navjiwan hospital

पर्साको ताज कस्ट्रक्सन कम्पनी ले २६ लख ६५ हजार ८६२ रुपैया लागतमा दुवै शौचालयहरु निर्माण सम्पन्न गरेको जैरुले बताए । वडा नं १ स्थित कालिका मा.वि.मा निर्माण गरिएको शौचालय ३ कोठे बाल, अपांगता तथा लैंगिकमैत्री शौचालय रहेको र आ.सी.सी. खानेपानी टयाङ्कि मर्मत गरिएको उनले बताए । त्यस्तै वडा नं २ को उदय मा.वि, बंकमा १ कोठे अपांगता मैत्री शौचालय नयाँ निर्माण तथा २ कोठे जिर्ण अवस्थामा रहेको शौचालयको मर्मत कार्य गरिएको उनले बताए ।

परियोजनामार्फत २०८२ को जेष्ठदेखी भादसम्म निर्माण सम्पन्न गरिएका अत्याधुनिक र समावेशी बालमैत्री शौचालय तथा संरचनाहरुको निर्माण तथा मर्मतको मुल उद्देश्य विद्यालयमा सुरक्षित, समावेशी र महिनावारी स्वच्छतामैत्री वातावरण निर्माण गर्नु रहेको उनले बताए ।

वल्र्ड भिजन इन्टरनेशनल नेपालका स्वास्थ्य तथा पोषण संयोजक छत्रराज भट्ट र एनएनएसडब्ल्यूए का कार्यक्रम संयोजक रामेश्वर जैरुले संयुक्त रुपमा सो संरचनाहरु वडाअध्यक्षहरु मार्फत सम्वन्धित विद्यालयहरुलाई औपचारिक रुपमा हस्तान्तरण गरेका थिए ।