बैतडी – बैतडीमा मिनि ट्रक दुर्घटना चालकको मृत्यु भएको छ।

भे. १ ख. १६३९ नम्बरको मिनिट्रक सुर्नया गाउँपालिका वडा नम्बर ५ स्थीत कठेगौणा भन्ने ठाउँमा बिहिबार राति दुर्घटना हुँदा
ट्रक चालक सुर्नया ४ कौलाडी बस्ने अन्दाजी २९ वर्षका नरेश महराको मृत्यु भएको हो।

सतबाँज सिरभाँवर सडक अन्र्तरगत भित्री कच्चि सडकमा सुर्नया ४ संन्सेरमाण्डौ देखि धनगढी जादै गरेको ट्रक सडकबाट ६० मिटर तल सुर्नया नदीमा खसेको प्रहरीले जनाएको छ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।













