खाेज्नुहाेस

बैतडीबाट एमाले महाधिवेशनका लागि ४६ प्रतिशत युवा प्रतिनिधि 

Image
बैतडी – नेकपा एमाले बैतडीले एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि झन्डै आधा युवालाई प्रतिनिधि बनाएको छ । एमाले बैतडीले सर्वसम्मत रूपमा १५ जना प्रतिनिधि छनोट गरेकोमा ७ जना युवा प्रतिनिधि छन् । जुन  ४६ प्रतिशत हुन आउँछ ।
attariya hospital
युवा प्रतिनिधिमा बलभद्र दयाल, लोकेन्द्र भण्डारी, गोविन्द गिरी, कालु राम सार्की महिला तर्फ पार्वती ऐरी कार्की, शकुन्तला साउँद, र सरस्वती कोली रहेका छन्।
navjiwan hospital
एमालेले सबै निर्वाचन क्षेत्रबाट ४० वर्षमुनिका एक जना युवा प्रतिनिधिको सहभागिता अनिवार्य गरेको भए पनि बैतडीबाट भने ७ जना युवा प्रतिनिधि छनोट भएका छन् ।
जेनजी आन्दोलनपछि राजनीतिमा युवाहरूको भूमिका बढाउन एमालेले युवालाई प्राथमिकता दिएको महाधिवेशन प्रतिनिधिमा छनोट भएका बलभद्र दयालले बताए ।
एमालेको मंसिर २७ देखि २९ गते सम्म ११औँ महाधिवेशन हुँदै छ ।