खाेज्नुहाेस

दलित समाज विकास मञ्चकी अध्यक्ष सरस्वती नेपालीद्वारा अक्षय कोष स्थापना 

Image
बैतडी – दलित समाज विकास मञ्चका अध्यक्ष सरस्वती नेपालीले आफूले अध्ययन गरेको विद्यालयमा अक्षयकोष स्थापना गरेकी छिन । उनले स्वः आमा बिष्ना नेपाली र स्वः बुवा नन्दे नेपालीको सम्झनामा बैतडीको दशरथ चन्द नगरपालिका – ४ स्थित वीरेन्द्र माध्यमिक विद्यालय शाहीलेकमा अक्षय कोष स्थापना गरेकी हुन ।
attariya hospital
उनले लैगिक हिंसा विरुद्धको १६ दिने अभियान र अपाङ्ग‌ता दिवसको अवसरमा अक्षयकोष स्थापना गरेको बताइन ।
navjiwan hospital
उनले आफू हुर्के बढेको ठाउँ र कखरा सुरु गरेको विद्यालयका विद्यार्थीहरुको हितमा खर्च होस भनेर बुवा आमाको नाममा अक्षय कोष स्थापना गरिएको बताइन ।
अक्षयकोषबाट गरिब दलित जेहनदार उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने जनाइएको छ ।