बैतडी – बैतडीका भरत भण्डारी २२ वर्षको उमेरमा प्रधानाध्यापक बनेका छन् । पाटन नगरपालिका–९ का भण्डारी २२ वर्षको उमेरमा पाटन–८ को ज्याफूमा रहेको जनप्रिय आधारभूत विद्यालयको प्रधानाध्यापक बनेका हुन् ।

उनी शिक्षण पेशामा प्रवेश गरेको छ महिनामै विद्यालयको नेतृत्वदायी भूमिकामा पुगेका हुन् । विद्यालय व्यवस्थापन समिति र शिक्षक स्टाफको बैठकले मंसिर ९ गते भण्डारीलाई प्रधानाध्यापकको जिम्मेवारी दिएको विद्यालयले जनाएको छ ।

नयाँ जिम्मेवारी पाएका भरतले विद्यालय परिवार, पदाधिकारी तथा अभिभावकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा साथ, सहयोग र हौसलाको अपेक्षा गरेका छन् ।


















