खाेज्नुहाेस

बैतडीको पाटन नगरपालिकामा शैक्षिक सामग्री बैंक स्थापना

Image

बैतडी – बैतडीको पाटन नगरपालिकामा शैक्षिक सामग्री बैंक स्थापना गरिएको छ । नगरस्तरिय बाल अधिकार समितिले सो शैक्षिक सामग्री बैंकको स्थापना गरेको हो ।

navjiwan hospital

समितिको निर्णय अनुसार बैंक स्थापना गरिएको समितिका संयोजक एवं पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराले बताए । उनले नगरक्षेत्रमा रहेका गरिब, जेहेन्दार र टुहुरा बालबालिकाहरुलाई शैक्षिक सामग्री उपलब्ध गराउने उद्देश्यले बैंक स्थापना गरिएको बताए । उनले शैक्षिक सामग्रीको अभावमा कुनै पनि बालबालिकाको पठनपाठनमा समस्या नहोस भन्ने आफूहरुको लक्ष्य रहेको बताए ।

attariya hospital

बोहराले आफ्नो वैवाहिक बर्ष उत्सवको अवसरमा शैक्षिक सामग्री हस्तान्तरण गरेर बैंकको उद्दघाटन गरेका थिए । उनले बैंकमा शैक्षिक सामग्रीहरु जम्मा गरि सहयोग गरिदिन हुन सम्पुर्ण नगरबासीमा अनुरोध समेत गरेका छन ।