
बैतडी– बैतडीमा चरेशसहित एकजना पक्राउ परेका छन् । जिल्लाको पाटन नगरपालिका– २ सिलङ्गाका ३० बर्षीय सुरेशसिंह ऐर चरेशसहित पक्राउ परेका हुन् । उनलाई बिहिबार साँझ पक्राउ परिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
प्रहरीका अनुसार गोप्य सूचनाका आधारमा ऐरले सिलङ्गामा सञ्चालन गरेको खुद्रा पसलमा खानतलासी गर्दा पसलभित्र लुकाइ राखेको अवस्थामा २३ ग्राम चरेश फेला परेको हो । चरेशसहित नियन्त्रणमा लिएका ऐरमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


















