खाेज्नुहाेस

दल आवद्ध शिक्षकका संघ–संगठनलाई मान्यता नदिइने, पुनर्गठन गर्न आह्वान

Image

काठमाण्डौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न संघ–संगठनहरूलाई मान्यता नदिने घोषणा गरेका छन् ।

navjiwan hospital

आइतबार एक सूचना जारी गर्दै मन्त्री पुनले विभिन्न राजनीतिक दलका नियमावलीमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा भ्रातृ संगठन वा शुभेच्छुक संस्थाका रूपमा उल्लेख गरिएका शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न संघ–संगगठनहरूलाई मन्त्रालयले मान्यता नदिने निर्णय गरेको जानकारी दिएका छन् ।

attariya hospital

उनले यस्ता संगठनहरूलाई गैरराजनीतिक चरित्रको स्वतन्त्र र व्यवसायिक प्रकृतिको बनाउने प्रयोजनार्थ सोहीबमोजिमको कानुनी प्रबन्धसहित पुनर्गठन गर्न आह्वान पनि गरेका छन् । साथै राजनीतिक गतिविधिमा संलग्न भएको पाइएमा पदबाट बर्खास्त गर्न सकिने सम्मको कानुनी कारबाही हुने व्यवस्था रहेको विषयमा पनि ध्यानाकर्षण गराइएको छ ।