खाेज्नुहाेस

मेलौलीको देहीजात्रामा निःशुल्क स्वास्थ्य शिविर

Image

बैतडी – बैतडीको मेलौलीमा सुरु देहीजात्रामा सहिद लछी राजपुत स्मृति प्रतिष्ठान नेपाल र भारत शाखाले संयुक्त रुपमा प्राथमिक उपचार तथा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविर तीन दिनसम्म चल्ने जानकारी दिइएको छ ।

navjiwan hospital

शिविरिमा जात्रामा सहभागी सबै दर्शनार्थी र भक्तजनहरुलाई स्वास्थ्य सेवा प्रदान गरिने प्रतिष्ठानका अगुवा अर्जुन दयालले जानकारी दिए ।

attariya hospital

शिविरमा १५ सदस्यीय स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ । प्रतिष्ठानले गत वर्षदेखि शिविर सञ्चालन गर्न थालेको हो । गत वर्ष चार सय जनालाई सेवा दिइएको अगुवा दयालले बताए । मेलौलीमा आज रतेडी र भोलि जात्रा लाग्दै छ ।