खाेज्नुहाेस

बैतडीमा ४०७ नयाँ मतदाता थपिए

Image

बैतडी – आगामी प्रतिनिधिसभा निर्वाचनलाई दृष्टिगत गर्दै बैतडीमा पछिल्लो समय ४ सय ७ जना नयाँ मतदाता थपिएका छन् ।
जसमा महिला मतदाता ७६ हजार ९ सय ९८ जना र पुरुष मतदाता ७७ हजार ३८० जना छन् । गएको प्रतिनिधिसभा निर्वाचनका बेला जिल्लामा एक लाख ५० हजार १५६ मतदाता दर्ता भएका थिए । तीमध्ये ७८ हजार ३६९ मत प्रयोग भएको कार्यालयले जनाएको छ ।

navjiwan hospital

निर्वाचन आयोगले यही असोज ९ गतेदेखि कात्तिक २८ गतेसम्म मतदाता नामावली अद्यावधिक गर्न सकिने सूचना जारी गरेपछि जिल्लाभर नयाँ मतदाता दर्तामा उत्साहजनक सहभागिता देखिएको जिल्ला निर्वाचन कार्यालय बैतडीका निमित्त कार्यालय प्रमुख पुरुषोत्तम जोशीले जानकारी दिए ।

attariya hospital

जोशीका अनुसार एकै दिनमा ४५ जनासम्मले नाम दर्ता गराउने गरेका छन् ।