खाेज्नुहाेस

मेलौली र शिवनाथमा २ दिन सार्वजनिक बिदा

Image

बैतडी – बैतडीको मेलौली नगरपालिका र शिवनाथ गाउँपालिकाले २ दिन सार्वजनिक बिदा दिएको छ । यही कार्तिक १८ गते मंगलबार र १९ गते बुधबारका दिन दुवै पालिकाले स्थानीय सार्वजनिक बिदा दिएका हुन् ।

navjiwan hospital

मेलौली नगरपालिकाले मेलौली भगवती मन्दिरमा लाग्ने देहीजातको अवसरमा दुई दिन सार्वजनिक बिदा दिएको जनाएको छ । मेलौली भगवती मन्दिरमा यही कार्तिक १८ र १९ गते भव्य जात्रा लाग्दैछ । यो मन्दिरमा हरेक बर्ष कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन जात्रा लाग्ने गर्दछ ।

attariya hospital

यस्तै शिवनाथ गाउँपालिकाले देहीगडा भगवती मन्दिरमा लाग्ने जात्राको अवसरमा मंगलबार र बुधबार सार्वजनिक बिदा दिएको गाउँपालिकाले जनाएको छ । देहीगडा भगवती मन्दिरमा पनि कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमका दिन जात्रा लाग्ने गर्दछ ।