खाेज्नुहाेस

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

Image
navjiwan hospital

बैतडी– बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका–३ गडीघाढी भन्ने स्थानमा ट्याक्टर दुर्घटना हुँदा सोही वडाका ७५ वर्षिय हरुवा साउँदको मृत्यु भएको हो ।

उक्त ट्याक्टर वडाको धमकट्टेबाट सिन्याखेततर्फ गइरहेको अवस्थामा दुर्घटना भएको प्रहरीले बताएको छ । दुर्घटनामा मृतक साउँदका नाती २० वर्षिय महेश साउँद घाईते भएका छन् । दुर्घटनापछि ट्याक्टर चालक फरार रहेको र उनको खोजी कार्य भैरहेको प्रहरीले बताएको छ ।

attariya hospital