खाेज्नुहाेस

जात्राका अवसरमा बैतडीको शिवनाथ गाउँपालिकाले दियो चार दिन बिदा

Image

बैतडी– बैतडीको शिवनाथ गाउँपालिकाले चार दिन स्थानीय सार्वजनिक बिदा दिएको छ । गाउँपालिकास्थित शिवनाथ मन्दिर र देहीगडा भगवती मन्दिरमा लाग्ने जात्राको अवसरमा पालिकाले स्थानिय सार्वजनिक बिदा दिएको हो ।

navjiwan hospital

गाउँपालिकाको आइतबार बसेको अध्यक्षस्तरीय निर्णय अनुसार स्थानिय सार्वजनिक बिदा दिईएको गाउँपालिका अध्यक्ष कर्ण सिँह साउँदले बताए । उनका अनुसार बैठकले कार्तिक ११ र १२ गते शिवनाथ मन्दिरमा लाग्ने जात्राका अवसरमा र कार्तिक १८ र १९ गते देहीगडा मन्दिरमा लाग्ने जात्राका अवसरमा सार्वजनिक बिदा दिएको हो ।

attariya hospital

उनले जात्रामा स्थानियहरुको उत्साहजनक सहभागिता हुने भएकाले सार्वजनिक बिदा दिईएको बताए । उनका अनुसार बिदाका दिन गाउँपालिकाभित्रका सबै सरकारी कार्यालय, शिक्षण संस्था, बैंक तथा वित्तीय संस्था बन्द रहनेछन् ।

शिवनाथ मन्दिरमा लाग्ने मेलामा नेपालका विभिन्न स्थानका साथै सीमावर्ती भारतीय दर्शनार्थीहरू समेत आउने गर्छन् । हरेक वर्ष कार्तिक शुक्ल सप्तमी र अष्टमीका दिन शिवनाथ मन्दिरमा भव्य जात्रा लाग्ने परम्परा रहेको छ ।