डोटी – डोटीको जोरायल गाउँपालिका स्वास्थ्य क्षेत्रमा पहिलो भएको छ ।

स्वास्थ्य कार्यालय डोटीले गरेको मुल्यांकनमा ८३.९ अंक ल्याउँदै जोरायल गाउँपालिका पहिलो भएको हो । पहिलो भएको जोरायल गाउँपालिकाको स्वास्थ्य शाखालाई बिहिवार स्वास्थ्य कार्यालय डोटीले आयोजना गरेको बार्षिक समीक्षा कार्यक्रममा दोसल्ला र प्रमाणपत्रका साथ पुरस्कृत गरिएको छ ।


गत आर्थिक बर्ष ०८१०८२ मा सम्पादित स्वास्थ्य क्रियाकलापको मुल्यांकन गरेर जिल्ला स्तरीय वार्षिक समिक्षा गोष्ठीमा स्वास्थ्य कार्यालय डोटीले नतिजा सार्वजनिक गरेकोे हो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहले जोरायल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गोबिन्द बिष्टलाई सम्मान प्रदान गरेका हुन ।