धनगढी – प्रधानमन्त्री सुशीला कार्कीको प्रेस संयोजक बाजुराका पत्रकार रामबहादुर रावल नियुक्त भएका छन् ।

उनले नेपालखबर, ग्यालेक्सी फोरके, कान्तिपुर टेलिभिजन, नेपाल साप्ताहिक, नेपाल एफएम लगायत विभिन्न सञ्चार माध्यममा दुई दशकभन्दा बढी सक्रिय पत्रकारिता गरेका छन् ।


त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा स्नातकोत्तर गरेका रावल कानुनमा स्नातक हुन् ।