खाेज्नुहाेस

अत्तरियामा वर्षौँदेखि अलपत्र कोल्ड स्टोर अझै सञ्चालनमा आएन

Image

अत्तरिया – कैलालीको अत्तरियामा आठ वर्ष अघि देखि निर्माण थालिएको कोल्ड स्टोर अझै सञ्चालनमा आउन सकेको छ । लामो समय देखि अलपत्र कोल्ड स्टोर गत वर्ष प्रदेश सरकारले निर्माण सम्पन्न गरेको भए पनि अझै सञ्चालनमा आउन सकेको छैन । २०७५ सालमै संघीय र स्थानीय सरकार र कृषि उपज थोक बजार व्यवस्थापन समितिको लगानीमा कोल्ड स्टोरको ट्रस्ट निर्माण गरिएको भए पनि उपकरण जडान हुन नसकेर कोल्ड स्टोर लामो समय देखि अलपत्र परेको थियो ।

अलपत्र कोल्ड स्टोरको सञ्चालनका लागि प्रदेश सरकारले ९२ लाख खर्चेर गत वर्ष नै उपकरण जडान गरेको थियो । कोल्ड स्टोर सञ्चालन गर्न मिल्ने अवस्थामा पुगेको भए पनि कोल्ड स्टोरको भुईँमा बिछ्याइने प्यालेटहरु छुटेको भन्दै पुनः चालु आर्थिक वर्षमा ९ लाख विनियोजन गरिएको भए पनि जेन जी आन्दोलन पछिको परिस्थितिका कारण उक्त योजना अघि बढ्न नसक्दा थप अन्योल सृजना भएको छ ।

add everest academy
attariya hospital

कृषि विकास निर्देशनालय डोटीका कृषि इन्जिनियर कोष राज बुढाले निर्माण हुनुपर्ने काम सकिएको भए पनि हस्तान्तरण अघि कृषि उपज थोक बजार व्यवस्थापन समितिले कोल्ड स्टोरको भुईँमा बिछ्याइने प्लेटहरू र बाहिर टिनको छाना बनाइदिन आग्रह गरेपछि थप बजेट विनियोजन गरिएको बताए । उनले त्यसका लागि करिब ९ लाख बजेटको स्टमेट गरिएको बताए । ‘यो नौ लाखको काम नगरी सञ्चालन गर्नै नसकिने भन्ने होइन’ उनले भने ‘वहाँहरूले माग गरेपछि कम्पिलिट नै बनाएर दिउ भन्ने हो ।’ उनले परीक्षण पनि गरिसकिएकाले अब थप माग भए अनुसारको काम गरेर हस्तान्तर गरिने बताए ।

navjiwan hospital

कृषि विकास निर्देशनालय डोटीका कृषि अधिकृत केशव पाण्डेले जेन जी आन्दोलनका कारण प्रदेश सरकारले १० लाख मुनिका योजना कटौती गरेकाले अब कार्यान्वयनमा जाने या नजाने भन्ने अन्योल भएको बताए । ‘यो वर्षको बजेट खर्च गर्न मिल्ने हो की होइन थाहा छैन’ उनले भने ‘के गर्ने अन्योल नै छ ।’

कृषि उपज थोक बजार व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज जोशीले प्रदेश सरकारलाई कोल्ड स्टोर सञ्चालनमा ल्याउनका लागि पटक पटक दबाब दिने काम गरिएको बताए ।

attariya technical collage

उनले कोल्ड स्टोरका लागि छुट्टाएको ९ लाख बजेट कार्यान्वयन गर्न सक्ने अवस्था नभएमा प्रदेशका कोल्ड स्टोर मर्मतका लागि छुट्टाएको बजेटबाट काम गरेर भए पनि सञ्चालन गर्ने आश्वासन पाइएको बताए । ‘यसमा मुख्यमन्त्री सँग कुरा राख्दा सकारात्मक कुरा भएको छ । वहाले कोल्ड स्टोर मर्मतको बजेटबाट भए पनि काम अगाडि बढाउने आश्वासन दिनु भएको छ’ उनले भने ‘वहाँलाई हामीले तिहार पछि काम सुरु गर्न भनेका छौ । तिहार पछि पनि काम भएन भने हामी आन्दोलनका कार्यक्रम गर्ने योजना बनाएका छौ ।’

गोदावरी नगरपालिका – १ मा रहेको कोल्ड स्टोरको कृषि उपज थोक बजार समितिले ९ लाखको लागतमा २०७४ सालमै फाउन्डेसन तयार पारेको थियो । पछि संघीय सरकार र स्थानीय सरकारको ९५ लाखको लागतमा कोल्ड स्टोरको ट्रस्ट तयार गरिएको थियो । तर, ट्रस्ट निर्माणका लागि ३ सय मेट्रिक टनको स्टमेट गरेर ठेक्का सम्झौता गरिएको भए पनि फाउन्डेसन ३२७ मेट्रिक टनको हुँदा सम्झौता अनुसार केही कोल्ड स्टोरको पफप्यानल कम परेर ट्रस्टको काम समेत अधुरो रहेको थियो ।

त्यसपछि प्रदेश सरकारले बाँकी रहेको ट्रस्ट र उपकरण जडानको काम गत वर्ष नै सकेको भए पनि पुनः भुईँमा बिछ्याइने प्यालेटहरुको काम बाकी रहेपछि कोल्ड स्टोर निर्माण सकिएर पनि सञ्चालनमा आउन सकेको छैन ।