खाेज्नुहाेस

दार्चुलामा दुई जनाको शव फेला

Image

दार्चुला — दार्चुलाका छुट्टाछुट्टै ठाउँमा दुई जना पुरूषको शव फेला परेको छ । शुक्रबार ब्यास गाउँपालिका-१ टिंकर खोला किनार र महाकाली नगरपालिका-४ बङ्गाबगर नजिक महाकाली नदी किनारमा पुरूषको शव फेला परेको प्रहरीले जनाएक‍ो छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार महाकाली नदी किनारमा फेला परेको शव भदौ २९ गते लास्कु खोलामा बगेर बेपत्ता भएका महाकाली नगरपालिका-१ लास्कुका ३६ वर्षीय देवेन्द्र कामीको रहेको पुष्टि भएको छ ।

add everest academy
attariya hospital
navjiwan hospital

भदौ २९ गते सदरमुकाम खलंगाबाट घर फर्कंदै गरेका कामी लास्कुखोला पुलबाट लडेर बेपत्ता रहेका थिए । उनको शव नदी किनारमा ढुङ्गामा अड्किएको अवस्थामा फेला परेको हो ।

त्यस्तै टिंकर खोला किनारमा दाङको घोराही उपमहानगरपालिका-११ का ४८ वर्षीय जितमान चौधरी रहेको खुलेको छ । टिंकर खोलामा मृत फेला परेका चौधरी व्याँसमा झोलुङ्गे पुल निर्माणका लागि आएका मजदुर हुन् । उनी असोज १६ गते पुल निर्माणको सामान लिन सीतापुल गएका चौधरी उतैबाट सम्पर्कविहीन भएको बुझिएको दार्चुला प्रहरीका डीएसपी गौरव महतले बताए ।

प्रहरीका अनुसार सम्पर्कविहीन भएपछि खोजी गर्दै जाँदा शुक्रबार टिंकर खोला किनारमा चौधरीको शव फेला परेको हो । चौधरी भीरबाट लडेको आशंका गरिएको छ ।

attariya technical collage

चौधरीको शव टिंकरबाट शनिबार बेलुका सदरमुकाम खलंगा पुर्‍याइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।