खाेज्नुहाेस

हमासले सार्वजनिक गरेका ४८ बन्दीका तस्वीरमा विपिन पनि

Image

काठमाडौं – हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको पनि तस्वीर समावेश गरेको छ । इजरायलले गरेको व्यापक स्थलगत र हवाई आक्रमणबाट गाजा क्षेत्रमा राखिएका बन्दीहरूको सुरक्षालाई खतरा पु¥याएको हमासले जिकिर गरेको छ । टाइम्स अफ इजरायलले भने हमासले सार्वजनिक गरेको तस्वीरलाई बन्दीका परिवार र इजरायली सरकारमाथि दबाब दिन खोजेको उल्लेख गरेको छ ।

navjiwan hospital

सञ्चार संस्था अल जजिराका अनुसार, इजरायली सेनाले घेरिएको क्षेत्रको सबैभन्दा ठूलो सहरलाई ध्वस्त पार्ने र नियन्त्रणमा लिने अभियान जारी राखेको बेला हमासले यो बिदाई तस्वीर सार्वजनिक गरेको हो । कस्साम ब्रिगेड्सले शनिबार अनलाइनमा एउटा संकलित फोटो पोस्ट गरेको छ । त्यसमा जीवित र मृत दुवै बन्दीहरूको अनुहार देखाइएको छ । तिनीहरू सबैलाई ‘रोन अराड’ भनेर क्याप्सनमा उल्लेख गरिएको छ ।

attariya hospital

अल जजिराका अनुसार, रोन अराडले सन् १९८६ मा लेबनानमा हराएका इजरायली वायुसेनाका क्याप्टेनलाई जनाउँछ । अराडको एफ–फोर फ्यान्टम विमानले दक्षिण लेबनानमाथि आक्रमण गर्ने क्रममा चाँडै नै बम विस्फोट हुँदा क्षतिग्रस्त भएको थियो । उनलाई आमल आन्दोलनले कब्जा गरेर पछि हिज्बुल्लाहलाई सुम्पिएको थियो। अराडको मृत्यु भएको विश्वास गरिन्छ, तर उनको वास्तविक अवस्थाबारे कुनै निर्णायक प्रमाण छैन ।

हमासले सार्वजनिक गरेको तस्वीरसँगै ‘नेतान्याहूको अस्वीकार र जामिरको आत्मसमर्पणका कारण, गाजा सिटीमा सैन्य कारबाही सुरु हुने बेलामा यो बिदाई तस्वीर हो’ उल्लेख गरिएको छ ।