खाेज्नुहाेस

बैतडीस्थित महाकाली लोकमार्ग सञ्चालनमा

Image

धनगढी– पहिरोले अवरुद्ध बनेको बैतडीस्थित महाकाली लोकमार्ग सुचारु भएको छ । बैतडीको सलसेनामा पहिरो खस्दा अवरुद्ध भएको महाकाली लोकमार्ग पहिरो पन्छाईए सँगै सुचारु भएको हो ।

navjiwan hospital

बैतडीको दोगडाकेदार गाउँपालिका–५ सलसेनामा बुधबारराति पहिरो खसेपछि लोकमार्ग अवरुद्ध भएको थियो । सडकमा खसेको पहिरो जेसीबीले पन्छ्याएपछि बिहिबार बिहान साढे ९ बजेतिर लोकमार्ग सुचारु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

attariya hospital

उक्त ठाउँमा पहिरोको जोखिम भने कायमै रहेको बताइएको छ । यसअघि मंगलबार पनि उक्त ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।