बैतडी– बैतडीमा पहिरोले एक घर पुरिएको छ । जिल्लाको सुर्नया गाउँपालिका– २ मा घरमाथीबाट आएको पहिरोले स्थानिय गिरिस चन्दको घर पुरेको हो ।

आईतबार अविरल वर्षाका कारण घरमाथीबाट आएको पहिरोले घर पुर्ण रुपमा नष्ट भएको बताईएको छ । पहिरोका कारण ९० वर्षीया गोदावरी चन्द गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरिक्षक बलराम पाण्डेले बताए ।

घरभित्र पुरिएकी उनको उद्धार गरी जिल्ला अस्पताल लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि डडेल्धुरा ‘रेफर’ गरिएको प्रवक्ता पाण्डेयले बताए ।
पहिराले घरको गोठमा रहेका चार गाई, एक गोरु, पाँच बाख्रा र तीन खसी गरी १३ पुशचौपाया पुरिएर मरेका बताईएको छ । यसका साथै घरभित्र रहेका अन्य धनमाल, अन्नपात र लत्ताकपडा पनि पुरिएका प्रहरीले जनाएको छ । घरमा अन्य मान्छे नभएकाले थप मानवीय क्षति नभएको र लगातारको वर्षाले पहिरो र ढुङ्गा खसिरहेकाले उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ ।













