दार्चुला– दार्चुलामा जिप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी २५ वर्षिया गर्भवती महिला पार्वती टमटाको मृत्यु भएको हो ।

उनको उपचारका क्रममा गोकुुलेश्वर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । बिहिबार बिहान जिल्लाको नौगाड गाउँपालिकाको होपरीबाट होपरीगाडतर्फ गइरहेको सुपप्र–०४–००१ ज ०१०३ नम्बरको जिप भैरवधारमा दुर्घटना भएको थियो ।

जसमा १० जना घाईते भएका थिए । घाईतेमध्ये गम्भीर रहेकी पार्वती को मृत्यु भएको हो भने गम्भीर रहेका अन्य तीन जनाको गोकुलेश्वर अस्पतालमै उपचार भैरहेको प्रहरीले जनाएको छ ।


















