खाेज्नुहाेस

गेटा अस्पतालमा विरोध जारी, स्वास्थ्य मन्त्री अझै काठमाण्डौंमै

Image

अत्तरिया – स्वास्थ्य मन्त्री प्रदीप पौडेल बुधवार (आज) दिउँसो गर्ने भनिएको गेटा अस्पतालको अवलोकन तथा इमर्जेन्सी सेवाको उद्घाटन कार्यक्रम साँझ साढे ४ बजे सम्म पनि सुरु हुन सकेको छैन ।
दिउँसो १ बजे मन्त्री पौडेलले इमर्जेन्सी सेवाको उद्घाटन गर्ने र अस्पतालको अवलोकन गर्ने कार्यक्रम राखिएको भए पनि मन्त्री पौडेल अझै काठमाण्डौं मै रहेको उनको सचिवालयले जनाएको छ । मन्त्री पौडेल आजै धनगढी आउने कार्यक्रम भने तय भइसकेको छ ।

अस्पतालका सूचना अधिकारी नैन सिंह कार्कीले भने स्वास्थ्य मन्त्री पौडेलले उद्घाटन गर्ने कार्यक्रम स्थगित भएको बताए ।

add everest academy
attariya hospital

यसअघि मन्त्री पौडेलले अस्पतालको इमर्जेन्सी सेवाको उद्घाटन गर्ने कार्यक्रमको चौतर्फी विरोध भएको थियो । स्थानीयले आज बिहानै देखि सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको गेटमा उभिएर विरोध जनाइरहेका छन् ।

navjiwan hospital

स्थानीयले मन्त्री भएपछि पहिलो पटक अस्पतालको अवलोकन गर्न आएका बेला गरेका प्रतिबद्धता अनुसार काम नगरेर उल्टै अहिले ३ महिना अघि नै सञ्चालन भएको इमर्जेन्सी सेवाको उद्घाटन गर्न लागिएको भन्दै विरोध गरेका हुन । यद्यपि अस्पतालको अवलोकन गर्न भने कुनै अवरोध नगरिने विरोध कार्यक्रममा सहभागी विनोद विष्टले बताए । उनले अझै पनि उद्घाटन बिना अस्पतालको अवलोकन गर्न मन्त्री समक्ष आग्रह गरिरहेको बताए ।

अहिले पनि सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सङ्घर्ष समितिको नेतृत्वमा स्थानीय गेटा अस्पताल परिसरमै रहेका छन् ।

attariya technical collage

मन्त्री पौडेल आज साँझ धनगढी आएर भोलि बिहान ८ बजे धनगढीबाट डडेल्धुरा जाने कार्यक्रम रहेको छ । डडेल्धुरामा उनले डडेल्धुरा अस्पतालको निरीक्षण गर्ने र, त्यसपछि डोटीका विभिन्न कार्यक्रममा सहभागी भएर शुक्रवार काठमाडौँ फर्कने कार्यक्रम रहेको छ । गेटा अस्पतालका सूचना अधिकार कार्कीले आजको कार्यक्रम स्थगित भएको र पछि कार्यक्रम नहुने बारे कुनै जानकारी नभएको बताए ।

सम्बन्धित समाचार : ७ महिना पछि गेटा अस्पतालमा आउँदै स्वास्थ्य मन्त्री*