खाेज्नुहाेस

पहिरोका कारण दार्चुला–गोकुलेश्वर सडकको तेर्छालेक रनेबास क्षेत्र अवरुद्ध

Image

दार्चुला– दार्चुलामा पहिरोका कारण दार्चुला–गोकुलेश्वर सडक अन्तर्गत तेर्छालेक रनेबास क्षेत्र अवरुद्ध भएको छ । पहिरोका कारण सोमबार बिहानदेखी सो क्षेत्र अवरुद्ध बनेको हो ।

navjiwan hospital

जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबार विहानदेखि सडक अवरुद्ध भएपछि लामो तथा छोटो दूरीका सवारीसाधन आवतजावतमा समस्या भएको छ । निरन्तर ढुङ्गा र लेदो बगेको कारण अवरुद्ध सडक खुलाउन उपकरण परिचालनमा समस्या भएको छ ।

attariya hospital

गोकुलेश्वरबाट उपकरण पठाइएको तर निरन्तर ढुङ्गा र लेदो बगेको कारण खुलाउन समस्या भएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए । जिल्ला सदरमुकाम खलङ्गाबाट बाहिरिने र भित्रिने सवारीसाधन उक्त क्षेत्रमा जाममा परेका छन् ।