दार्चुला – दार्चुलाको लेकम गाउँपालिका–६ का जयानन्द नाथले ९७ वर्ष र लेकम–१ की परुलीदेवी बोहोराले ९६ वर्षमा नागरिकता पाएका छन । नेपालको संविधानमा १६ वर्ष उमेर पुगेपछि नागरिकता पाउने प्रावधान भएपनि उनीहरुले जिवनको उत्तरार्धमा नागरिकता पाएका हुन ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले उनीहरूको घरमै गएर नागरिकता प्रदान गरको छ । ९७ वर्षीय नाथले घरमै नागरिकता प्रमाणपत्र बुझ्न पाउँदा आफूलाई देशले सम्झिएको अनुभव भएको बताए । लेकम गाउँपालिका–१ का ९६ वर्षीय परुलीदेवी बोहोराले पनि यो उमेरमा नागरिकता पाउँदा खुसी लागेको बता्इन् । पहाडी भेगका दुर्गम बस्तीका जनतालाई कार्यालय पुग्न गाह्रो हुने भएकाले नागरिकता लिन वञ्चित भएकालाई घरमै नागरिकता दिनका लागि घुम्ती शिविर सञ्चालन गरिएको छ ।



















